भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी

नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो ।   विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले आइतबार जनाएको छ ।   कार्यालयको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप…