कोरोना भाइरसबाट बेलायतमा एकैदिन १८२० जनाको मृत्यु

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । बेलायतमा सो भाइरसको संक्रमणबाट यति धेरै नागरिकको ज्यान गएको पहिलोपटक हो ।   बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकैदिनमा ज्यान गएको यो पहिलो पटक भएको विज्ञप्तिमा जनाइएको छ ।  …