मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरिया–अमेरिका–जापान गठबन्धनबाट क्षेत्रीय शान्ति कमजोर हुने

कोरिया–अमेरिका–जापान गठबन्धनबाट क्षेत्रीय शान्ति कमजोर हुने


सो । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानबीचको बलियो गठबन्धनले उत्तरपूर्वी एसियामा शान्ति र स्थिरतालाई कमजोर बनाउने र नयाँ शीतयुद्धको सुरुवात गर्ने दक्षिण कोरियाका एक विज्ञले बताएका छन् ।
 
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष पदभार ग्रहण गरेपछि मङ्गलबार आफ्नो पहिलो एसिया भ्रमण पूरा गरेको र तीन देशबीच सहकार्य हुने अभिव्यक्ति सार्वजनिक भएपछि दक्षिणकोरियाका विज्ञले यस्तो टिप्पणी गरेका हुन् । 
 
“अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनका लागि साझा शत्रु देश चाहिन्छ, संयुक्त राज्य अमेरिकाले चीनलाई आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी र शत्रुको रूपमा हेर्छ,” कोरियाको पूर्वी एसियाली अध्ययन संस्थानका निर्देशक वू सु–केउनले दक्षिणकोरिया–अमेरिका–जापानबीचको गठबन्धनबाट  उत्तरपूर्वी एसियामा शान्ति र स्थिरता कमजोर हुने बताए ।  
 
त्रिदेशीय गठबन्धन दक्षिणकोरियाको राष्ट्रिय हितमा नरहेको बताउँदै उनले वैचारिक युगको अन्त्य र विश्वव्यापी समाजको आगमनको अहिलेको अवस्थामा  अन्तर्राष्ट्रिय समुदायमा अब कुनै पनि शत्रु देश नभएको उल्लेख गरे । एसिया–प्रशान्त आर्थिक ढाँचामा सामेल हुने सोलको निर्णयलाई अवाञ्छनीय भन्दै उनले त्यसबाट टकराव र तनाव बढ्ने बताए । 
 
“संयुक्त राज्य अमेरिकाले यसलाई समावेशी र लचिलो आर्थिक रूपरेखा भनेको छ तर यदि यो समावेशी छ भने यसले कुनै निश्चित देशलाई बहिष्कार गर्न हुँदैन ।  चीन एसिया–प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो देश हो । चीनलाई बहिष्कार गरेर कसरी समावेशी र लचिलो भन्न सकिन्छ ?” दक्षिण कोरियाली विज्ञले प्रश्न गरेका छन् । एजेन्सी