मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

युक्रेनी फौजको प्रतिरोधका बाबजुद सेभरोडोनेट्स्कमा रूसी सेनाको प्रवेश

युक्रेनी फौजको प्रतिरोधका बाबजुद सेभरोडोनेट्स्कमा रूसी सेनाको प्रवेश


कि । युक्रेनी फौजको सशक्त प्रतिरोधका बाबजुद रुसी सेना पूर्वी युक्रेनी सहर सेभेरोडोनेट्स्कको मध्यभागमा पुगेको सो क्षेत्रका क्षेत्रीय गभर्नरले सोमबार बताएका छन् । 
 
“रूसीहरू सेरोडोनेट्स्कको बीचमा अघि बढिरहेका छन् । लडाइँ चलिरहेको छ । स्थिति धेरै कठिन छ,” लुगान्स्क क्षेत्रका गभर्नर सर्गिय गाइदायले सामाजिक सञ्जालमार्फत् बताएका छन् । 
 
युद्धको प्रारम्भिक चरणमा युक्रेनको राजधानी किभमा आक्रमण गरे पनि किभलाई पूर्ण रूपमा कब्जा गर्न नसकेपछि रूसी फौजले पूर्वी डोन्बास क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको र आफ्नो प्रभावमा रहेका क्षेत्रहरूलाई सुदृढ पार्ने प्रयास गरिरहेको गभर्नर गाइदायले बताए ।
 
“सेभरोडोनेट्स्कको महत्त्वपूर्ण आधारभूत संरचना ध्वस्त भएको छ र ६० प्रतिशत क्षतिग्रस्त आवासीय भवनहरू पुनः स्थापित गर्न नसकिने गरी ध्वस्त भएका छन्,” गाइदायले टेलिग्राममार्फत् जारी सन्देशमा भनिएको छ ।
 
उनले भने, “त्यस इलाकाका तीन जना डाक्टरको गाडीमा नराम्ररी क्षति भएको छ भने उनीहरू सम्पर्कबिहीन रहेका छन् । दुई जना स्वयम्सेवकलाई गाडी चलाइरहेका समय रूसी फौजले उनीहरूलाई लक्षित गरी आक्रमण गरेको गभर्नरको आरोप रहेको छ ।
 
मस्कोको सेनाको आक्रमणको प्रमुख उद्देश्य रहेको सम्पूर्ण लुगान्स्क क्षेत्र कब्जा गर्ने रूसको मार्गमा रहेका विभिन्न महत्त्वपूर्ण शहरी केन्द्रहरूमध्ये करिब एक लाख मानिसहरू बसोबास गर्ने सेभेरोडोनेट्स्क एक हो ।
 
यसअघि रूसी सेनाहरूले त्यस इलाकाको सानो शहर र पहिलेको रेल केन्द्र लिमानलाई कब्जा गरेको र सेभेरोडोनेट्स्क र यसको नजिकैको शहर लिसिचान्स्कमाथि दबाब बढाएको बताएका थिए । एजेन्सी

शेयर गर्नुहोस:

621
Shares