ओटावा (क्यानडा) । क्यानेडेली विदेशमन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ । हङकङको चिनियाँ शासनमा फर्किएको २५औँ वार्षिकोत्सवको अवसरमा ओटावास्थित चिनियाँ दूतावासले विज्ञप्तिमार्फत बाह्य शक्तिहरूले यस्ता विषयमा गैरजिम्मेवार टिप्पणी गर्न नहुने बताएको छ । हङकङ मामिला पूर्णतया चीनको आन्तरिक मामिला हो र…