मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

न्युयोर्कमा युक्राले गर्‍यो उधौली साकेला र नयाँ वर्षको अवसरमा यलम्बर साँझ

न्युयोर्कमा युक्राले गर्‍यो उधौली साकेला र नयाँ वर्षको अवसरमा यलम्बर साँझ


न्युयोर्क । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको न्युयोर्क च्याप्टरले उधौली साकेला, यलम्बर साँझ तथा नया नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।  
 
उक्त कार्यक्रम न्युयोर्कस्थित ज्याक्सन हाइटमा रहेको घ्याल्सुम्दो सेवा समाजको भवनमा गत शुक्रबार सम्पन्न भएको हो। सबै एकता, भाइचारा, सद्भाव, कायम गर्दै किरातीको मौलिक संस्कार बचाइ राख्ने उद्देश्यले संस्थाको  पारिवारिक माहोलमा कार्यक्रम सम्पन्न भएको हो। 
 
कार्यक्रममा युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष मामाता खालिङ राई सभा अध्यक्ष थिइन् भने राष्ट्रिय कलाकार तथा वरिष्ठ नृत्य निर्देशक गोविन्द राई प्रमुख अतिथि थिए । संस्थाका उपाध्यक्ष कृष्णप्रसाद राईको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई नक्छो (नछुङ) पदमबहादुर राई र प्रमुख अतिथि गोविन्द राईले पानासमा बत्ती बालेर उद्घाटन गरेका थिए।  
 
उक्त कार्यक्रममा उधौली र नयाँ वर्षको शुभकामाना दिने क्रममा न्युयोर्क राज्यका पर्यटन (सद्भावना) दूत केशवराम राईले जहाँ रहे पनि हामीले हाम्रो संस्कार संस्कृति भुल्नु नहुने र त्यहीँ संस्कार जोगाउनका निम्ति युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले अमेरिकामा साकेला थान निर्माण गर्न लागेको र त्यसको लागि सबैले सकेको सहयोग गर्न आह्वान गरे। 
 
कार्यक्रममा प्रमुख अतिथि गोविन्द राईले नेपालमा विभिन्न जातजातिको आआफ्नै पराम्परा र संस्कार  रहेकोले नेपाली जहाँ (जहाँ जान्छन् आफ्नो संस्कार पनि उतै लाने र मनाउने गरेको भनाइ व्यक्त गरे। 
 
युक्रा भूतपूर्व केन्द्रीय सभापति तथा युक्रा न्युयोर्क च्याप्टरको सल्लाहकार प्रभाकर राईले नोक्छो, नोछुङ, मान्पा वा धामी भनेको किराती संस्कारमा नभई नहुने महत्त्वपूर्ण विषय भएको र यस्ता विषयमा पुस्तक प्रकाशन गरेर पाठशालामै पढाई गर्नुपर्ने विचार व्यक्त गरे। 
 
कार्यक्रममा पत्रकार शान्तिराज राई, बिकी पुलामी मगर र सम्राट कार्की तथा डा. सरोज यादवलाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।  सम्पूर्ण अतिथिहरुलाई चिन्डोसहितको खादा लगाएर सम्मान गरिएको थियो ।        
 
कार्यक्रममा खालिङ राई उत्थान संघ अमेरिका शाखाका अध्यक्ष मकर खालिङ राई, टिबी भण्डारी, युक्रा केन्द्रीय सदस्य गरचा किराती, युक्रा न्युयोर्क च्याप्टरका वरिष्ठ उपाध्यक्ष वसन्ती राई, संयोजक तथा उपाध्यक्ष कृष्णप्रसाद राई, रेफ्री पर्खि खालिङ राई, संस्थाकी अध्यक्ष ममता खालिङ राईले शुभकामना व्यक्त गरे । 
 
कार्यक्रममा सांकृतिक संयोजक रोशन राईलगाएत कलाकारहरु मालती राई, यशोदा खालिङ राईले नृत्य प्रस्तुत गरेका थिए भने कलाकार संघकी वरिष्ठ उपाध्यक्ष वसन्ती राई, यशोदा खालिङ राई, विपन राई, सुखराज राई, सुवर्ण शाक्य, मिङ्मा मगर, बुद्धि गुरुङले गीत प्रस्तुत गरेर दर्शकलाई भरपूर मनोरन्जन  प्रदान गरेका थिए।  
 
कार्यक्रममा हालै नेपालबाट आएर युक्रा न्युयोर्क च्याप्टरमा आबद्द भएका आगन्तुकहरुलाई खादा र फूलका गुच्छाले स्वागत गरिएको थियो।