मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अलबिदा भेषराज लामिछाने

अलबिदा भेषराज लामिछाने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

“बुबा राम्रो संग जानुहोस् भाई र आमालाई हामी टेक केयर गर्दछौं” यी भनाई जनवरी ५ तारिका दिन लुटेराद्धारा गोली हानी मारिएका भेषराज लामीछानेको छोरीहरुले बाबालाई अन्तिम श्रद्धाञ्जली दिदै गरेको कार्यक्रममा भावबिहौल हुदै बोलेका हुन् ।

 
आफ्नै स्टोरमा काम गरिरहेका बेला गत जनबरी ५ तारिक राती ८ बजे लुटेराको गोलीबाट मारिएका लामीछानेको आज कोलोराडोको ब्रुमफील  स्थित  Rundus Funeral Home मा   अन्तिम दाह संस्कार गरिएको हो ।
 
दाह संस्कार कार्यक्रमको शुरुमा एनआरएन कोलोराडो च्याप्टरका सचिव शंकर गुरुङले भेषराजको परिचय दिएका थिए । कार्यक्रममा उपस्थित उनका श्रीमती छोराछोरी, आफन्त सबैले फुलगुच्छा चढाई उनलाई अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । त्यसपछी उनलाई बैदिक बिधी पूर्वक उनका छोरा छोरीहरुले दागबत्ती दिएका थिए । सोही दाग बत्ती दिने क्रममा छोरीहरुले भावबिहौल हुदै “ बुबा राम्रो संग जानुहोस् आमा र भाईलाई हामी टेक केयर गर्दछौं” भनेको सुनेर कार्यक्रममा उपस्थित सबैको मुटु भकान्निएर घोसे मुन्टो लगाई आसु पुछेका थिए ।  

 
श्रद्धान्जली सभामा गन्यमान्य, बुद्धिजिवी, नेपाली संघ संस्थाका प्रतिनिधी, परिबार, आफन्त, उनका साथीभाई, पत्रकार, ब्यवसाही, सर्वसाधारण तथा ईन्डियन समुदायका ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम स्थलमा यती मान्छेको उपस्थिती थियो की हल भित्र मान्छे नअटाएर धेरै मान्छे बाहिरै बसेका थिए ।
 
नेपालकों तनहु जिल्ला साबिकको रम्घा गावीस ८ लामीछाने बेसी घर भई सन् २०१४ मा डिभी मार्फत अमेरीका आएका लामिछाने ३ छोरी, एक छोरा र श्रीमती सहित कोलोराडोमा बस्दै आएका थिए ।
 
उनलाई गोलीहानी हत्यागरे पछि उनैको गाडी लिएर भागेका २६ बर्षिया नर्थ क्यारोलिना निवासी शनाथन डिएञ्जोलोलाई ६ तारिक बिहान इन्डियाना स्टेटमा पक्राउ परेको त्यहाको प्रहरीले जनाएको छ ।
 
घरमा कमाउने भेषराज मात्र भएको र उनको त्यसरी निधन भएपछि घरको अवस्था नाजुक रहेको छ ।  कोलोराडो नेपाली समुदायमा  ज्यादै दुःखद घटना घट्न पुगेको र उनको दाहसंस्कार तथा परिवारलाई सहयोग जुटाउन गोफण्ड मी खोलीएको छ ।
 
उक्त गोफण्डमा एथासक्य सहयोग गरिदिनु हुन कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, समाजसेवी, गन्यमान्यहरुले सार्वजानिक रुपमा सबैलाई अनुरोध गरेका छन् ।  

 गोफण्ड मी मा सहयोग गर्न को लागि तलको लिंक क्लिक गर्नुहोला I
https://www.gofundme.com/f/help-the-family-of-veshraj-tragically-shot-dead?utm_source=customer&utm_medium=copy_link&utm_campaign=p_cf%20share-flow-1&fbclid=IwAR23YeuVjurEw20R2uBufKSFiRxx4rYokBVayBqvrIhsFfienOmnDjWx8y8