मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुस–युक्रेनबीच वार्ताको वातावरण बनाउन चीनको जोड

रुस–युक्रेनबीच वार्ताको वातावरण बनाउन चीनको जोड


संयुक्त राष्ट्रसंघ । रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूत झाङ जुनले त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । रुस–युक्रेन वार्ताको वातावरण बनाउन पहल अन्तर्राष्ट्रिय समुदायबाट हुनुपर्ने पनि उनले बताए । 
 
राष्ट्रसंघीय सुरक्षा परिषदमा चिनियाँ राजदूतले आपसी मतभेद मिलाउन सरकारवाला पक्ष वार्तामा बस्नुपर्नेमा जोड दिए । उनले जारी द्वन्द्व अन्त्य गर्न तथा युरोपेली सुरक्षा संरचना सुदृढ तुल्याउन वार्ताको प्रयत्न हुन जरुरी भएको विचार व्यक्त गरे । 
 
विशेष गरी वर्तमान परिस्थितिमा ठूलो प्रभाव पार्ने देश तथा अन्तर्राष्ट्रिय समुदायले रुस र युक्रेनलाई वार्तामा संलग्न हुन र सङ्कटको राजनीतिक समाधानको मार्ग पहिल्याउन मद्दत गर्नुपर्ने चिनियाँ स्थायी प्रतिनिधिले बताए । 
 
नाकाबन्दीको अवधि बढाउने तथा हातहतियारको आपूर्तिलाई निरन्तरता दिँदा परिस्थिति अझ जटिल हुने चेतावनी दिँदै चिनियाँ कूटनीतिज्ञले द्वन्द्व घटाउनेतर्फ लाग्नु अपरिहार्य भएको बताए । 
 
साथै, उनले युद्धबाट प्रभावितलाई मानवीय सहायता उपलव्ध गराउनुपर्ने र युक्रेनका क्षतिग्रस्त ऊर्जा पूर्वाधार यथाशीघ्र मर्मत गराउन आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । शान्ति स्थापनाका सबै काममा चीनको सक्रिय सहभागिता एवम् सहयोग रहने पनि उहाँले स्पष्ट गरे ।  
 
जापोरिझहिया आणविक ऊर्जा केन्द्रको सुरक्षामा असर पार्ने सबै सैन्य कारबाही तत्काल बन्द गर्न आग्रह गर्दै चीनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)लाई  केन्द्रका सम्बन्धमा रुस र युक्रेनसँग सञ्चार कायम राख्न सहयोग गर्ने जानकारी राजदूत झाङले दिए । सिन्ह्वा