मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मन्दिरका पदाधिकारीद्वारा कार्यभार

मन्दिरका पदाधिकारीद्वारा कार्यभार


शेयर गर्नुहोस:

12.1k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरका नवनिर्वाचित पदाधिकारीहरुले आइतबारदेखि कार्यभार सम्हालेका छन् ।
 
मन्दिरको कार्यकारिणी समितिले पहिलो पटक महिला नेतृत्व पाएको छ । दुई साता अघि भएको निर्वाचनमा सापकोटा निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन् । त्यस्तै उपाध्यक्षमा छबीरमण चापागाई र शैलेन्द्र मानन्धर चयन भएका छन् । महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः भेषराज शिवाकोटी, दिनेश ज्ञवाली, आमोद श्रेष्ठ र राम गमालले कार्यभार सम्हालेका छन् । 
 
सदस्यहरुमा अच्युत थापा, गगन केसी, डा.लक्ष्मी पौडेल, माला महत, मुनिष कँडेल रहेका छन् । समितिमा बुद्धिष्ट एसोसिएसनका तर्फबाट मकर बज्राचार्य र स्वयम्भू शाक्य सदस्य रहेका छन् भने नेपाली समाज टेक्ससको तर्फबाट जनक भण्डारी र दिनेश न्यौपानेले प्रतिनिधित्व गरेका छन् ।

Advertisement
 
आइतबारनै बोर्ड अर्फ ट्रष्टीका नवनिर्वाचित अध्यक्ष रमेश पोखरेल, उपाध्यक्षद्वय डा. प्रेम अधिकारी र भुवन आचार्य तथा सचिव रबिन खनालले पदभार ग्रहण गरेका छन् ।
 
पदस्थापना तथा शपथग्रहण कार्यक्रममा मन्दिरका संस्थापकहरु डा.मुरली अधिकारी, बासु भण्डारी, नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्ले, मन्दिरका निवर्तमान अध्यक्ष सुरेशचन्द्र पोखरेल, ट्रष्टीका निवर्तमान अध्यक्ष विनय अर्याल लगायतले मन्दिर स्थापनाका प्रारम्भिक चरणदेखि लिएर आगामी लक्ष्यका बारेमा धारणा राखेका थिए ।
 
त्यस अवसरमा निर्वाचन समितिका संयोजक प्रकाश गौतम, सदस्यहरु विलाश उपाध्याय, धनञ्जय ढकाल र धिरेन गुरुङले नयाँ कार्यसमितिलाई सफलताको शूभकामना दिएका थिए । निर्वाचन समितिका संयोजक गौतमले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

शेयर गर्नुहोस:

12.1k
Shares