अध्यागमन घटनामा मात्रै होइन, सार्वजनिक जीवनमा कहिल्यै अनियमितता गरेको छैन : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् । शनिबार सञ्चारकर्मीहरूसँग उनले गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेवित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजिर नबसाल्ने जिकिर गरे । गृहमन्त्री लेखले अगाडि भने,“गृह मन्त्रालयमा हजार, लाख कर्मचारी छन् । यहाँ रहेका कुनै पनि…