काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी २१ फागुनमै चुनाव गराउन सम्भव रहेको बताएकी छन् । हिमाली जिल्लाहरूमा चुनावको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा बिहीबार सोलुखुम्बु पुगेकी उनले सोलुसहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको बताएकी हुन् । प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन…