चितवन । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा ‘नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना र गिरिजाप्रसाद कोइराला’ विषयक विचार गोष्ठी एवम् दीप प्रज्ज्वलन कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन चितवनको समन्वयमा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समिति क्षेत्र नं–१ ‘ख’को आयोजनामा सम्पन्न विचार गोष्ठीमा प्रमुखअतिथि कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरूङले नेपालमा…