काठमाडौँ । ‘नेपाली टोपी : हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ जागरूक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन माइतीघर मण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् । माइतीघर मण्डलामा भेला भएका युवाले पञ्चे बाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरी गरेका थिए । अङ्ग्रेजी…