महाअभियोग प्रस्तावमाथि अब संसदभित्र छलफल हुन्छ : कानुनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले संवैधानिक निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध लगाइएको महाअभियोगको प्रस्तावमाथि संसदमा छलफल हुने बताएका छन् ।    सङ्घीय संसद् सचिवालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “प्रस्तावमाथि अब संसद्भित्र छलफल हुन्छ । संवैधानिक गतिरोधको निकासका लागि प्रक्रिया अगाडि बढेको छ ।”    संसद् सचिवालयमा आइतबार सत्तारुढ…