मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धन : अध्यक्ष नेपाल

मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धन : अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको स्थायीत्व र संविधान जोगाउन वर्तमान गठबन्धन बनेको प्रष्ट पारेका छन् ।  
 
ललितपुरमा मंगलबार आयोजित वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दुईदुई पटक संसद् विघटन गरेर संविधान कुल्चनेका विरुद्ध गठबन्धन बनेको बताए । “दुई-दुई पटक संसद् विघटन गरेर संविधान कुल्चने काम भयो, मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिस भयो”, उनले भने, “त्यसको विपक्षमा हामी उभियौँ, संविधान र लोकतन्त्र पनि जोगायौँ ।”
 
संविधानको आफूखुसी व्याख्या गर्दै मुलुकलाई तानाशाही व्यवस्थामा लैजाने प्रवृत्तिलाई आफूले असफल पारेको उनको भनाइ थियो । “गणतन्त्र मास्ने अभियान सुरु हुन खोज्दै थियो”, पूर्वप्रधानमन्त्री नेपालले भने, “हामीले देशलाई अस्थिरताबाट जोगाएर स्थिरतातर्फ लिएर गयौँ ।”
 
जनताको बलमा प्राप्त उपलब्धिलाई जोगाउँदै मुलुकलाई स्थिरतातर्फ लैजाने पवित्र उद्देश्यका साथ वाम र लोकतान्त्रिक पार्टीबीचको गठबन्धन बनाइएको उनको भनाइ थियो । “वाम र लोकतान्त्रिक शक्ति एकताबद्ध भएको लामो परम्परा छ”, अध्यक्ष नेपालले भने, “विगतमा वाम र लोकतान्त्रिक शक्ति मिलेर राणा शासन, पञ्चायत र राजसंस्थाको अन्त्य गरियो ।”
 
संविधानको रक्षा गर्न बनेको गठबन्धनलाई लक्षित गर्दै विपक्षीले लगाएको आरोपको सबै मिलेर खण्डन गर्नुपर्नेमा जोड दिँदै उनले विपक्षी गठबन्धनलाई काउन्टर जवाफ दिन निर्देशन दिए । तथ्य अगाडि सारेर तर्कपूर्ण ढङ्गले गलत कुरालाई खण्डन गर्नुपर्ने उनको भनाइ थियो । 
 
“हाम्रो सहकार्य जति सशक्त हुँदै जाने छ । जति समन्वय गर्दै जाने छौँ”, उनले भने, “जति जनताको माझमा पुग्ने छौँ । त्यति विजय सुनिश्चित हुने छ ।”रासस