काठमाडौँ । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा पाँच दलीय गठबन्धनभित्र सहमति कायम गर्न आ–आफ्ना दलका निकायहरुलाई निर्देशन दिने निर्णय गरिएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको पाँच दलीय गठबन्धनको बैठकले विभिन्न सात बुँदासहितका निर्णय गरेको संयुक्तरुपमा जारी विज्ञप्तिमा जनाइएको…