वीरगञ्ज (रासस) । इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने संकेतले उनको जीउ सिरिङ्ग हुन्छ र मनभित्र भय, त्रासका कारण शंकाउपशंका उब्जन थाल्छ । ‘आइतबार साँझ सुरूमा आकाशमा यस्तै कालो बादल लागेको थियो । केही समयको अन्तरालमा आएको विनाशकारी हावाहुरीले विनाशलीला देखाएर श्रीमती, बुहारी…