राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्छ : अध्यक्ष लिङ्देन

दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।    राजनीतिलाई पेसा व्यवसाय बनाउन नहुने भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट विकास गराउन जरुरी रहेको उल्लेख गरे ।…