चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये ६ जनाको म्याद थप गरिएको छ भने एक जना बुधबार बिहान मात्र पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो । …