काठमाडौँ । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित बनाउन सिर्जना सिंह महानगर प्रमुखको उपयुक्त उम्मेदवार भएको बताएका छन् । गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले बिहीबार आयोजना गरेको ‘शुभकामना कार्यक्रम’ मा बोल्दै उनले लोकतान्त्रिक संस्कार भएकी सिंह काठमाडौँ महानगरको उपयुक्त उम्मेदवार भएको बताएका हुन् । “सिर्जना गणेशमान, मङ्गलादेवी सिंहको बुहारी…