चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुमबासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै उनले वास्तविक सुकुमबासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताए । उनले भनने, “सुकुमबासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।”…