मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कोलोराडोका नेवार समुदायले मनाए यःमरी पुन्ही

कोलोराडोका नेवार समुदायले मनाए यःमरी पुन्ही


कोलोराडो, अमेरिका । यःमरी पुन्हीको उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले शनिबार एक कार्यक्रम आयोजना गरी यःमरी पुन्ही कार्यक्रम मनाएका छन् ।
 
नेवा खःल कोलोराडोले आयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा सहभागी भई बालबालिकाहरुलाई यःमरी बनाउन सिकाई, कार्यक्रममा उपस्थित सबैलाई बितरण गरी हर्सोउल्लास साथ उनीहरुले यःमरी पुन्ही मनाएका हुन् ।
 
ब्रुमफिलस्थित दरबार रेष्टुरेन्टमा नेवा खःलका अध्यक्ष भुषणलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोलोराडोस्थित विभिन्न संघसंस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, कलाकार, आयोजक संस्थाका पदाधिकारी, पत्रकार, गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
 
आयोजक संस्था नेःवा खलका उपाध्यक्ष मनोजकाजी तुलाधरले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने महासचिव संजय शाक्यले कार्यक्रम सञ्चालन गरेका थिए । संस्थाका अध्यक्ष भूषणलाल श्रेष्ठले कार्यक्रमको महत्त्व र यसको इतिहास खोतलेका थिए ।
 
ऐतिहासिक कथनअनुसार पाञ्चाल देश हालको पनौतिमा सुचन्द्र महाजन नाम गरेका दानी र धर्मात्मा दम्पती बस्दथे । उनीहरुको चर्चा संसारभर फैलिएको थियो । एक दिन कुवेरलाई पनि उनीहरु कत्तिका दानी रहेछन् भनी जाँच्न दरिद्रको भेष गरी ती दम्पतीको घर गएछन् । सुचन्द्र दम्पतीले बढो श्रद्धापूर्वक भोजन गराएकोदेखि खुसी भई यमरीको महत्त्व बताएछन् । नयाँ अन्न घरमा ल्याएपछि भकारीमा गणेश, कुवेर र तिनका बहानसहितको प्रतिमा बनाई तिनलाई यःमरी चढाउने विधि बताएर कुवेर अन्तरध्यान भएछन् । त्यो दिन मंसिर शुक्ल पुर्णिमा परेको थियो । त्यसैबेला देखि यःमरी पुन्ही मनाउने चलन रहेको बताइन्छ ।
 
कार्यक्रमा शुरेन्द्र महर्जन, मनोजकाजी तुलाधर, सुरेश श्रेष्ठ, सुरेश ताम्राकारलगायतका कलाकारहरुले यःमरी पुन्हीसँग सम्बधित गीत गाई, मंगलधुन, धिमेबाजा बजाएर सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । मातृभुमिबाट यतिटाढा रहेर पनि आफ्नो संस्कृति पहिचानको लागि नेवारी समुदायले अयोजना गरेको यःमरी पुन्ही कार्यक्रम प्रभावकारी थियो ।
 
दोस्रो पुस्तामा सीप हस्तान्तरण गर्न कार्यक्रम स्थलमा नै बालबालिकाहरुलाई यःमरी बनाउन सिकाइएको थियो । बालबालिकाहरुले पनि उत्सुकतापूर्वक कार्यक्रममा सहभागी भई यःमरी बनाएका थिए । यसरी सक्रियतापूर्वक यःमरी बनाउने बालबलिका तथा यःमरी बनाएर सहयोग गर्ने अभिभावकहरुलाई कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका पदाधिकारी, गन्यमान्य तथा आयोजक संस्थाका अध्यक्षबाट पुरस्कार तथा प्रशंसा पत्र प्रदानगरी सम्मान गरिएको थियो ।
 
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष भूषणलालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै मातृभूमिको रहन सहन तथा चाल चलनबाट टाढा रहेका हाम्रा बालबालिकाहरुलाई यस्ता कार्यक्रमहरुमा सहभागी नगराउने हो भने हाम्रो संस्कृति यही पुस्ताबाटै लोप हुने खतरा रहेको बताएका थिए । 
 
त्यस्तै उनले लुम्बीनीमा निर्माण भएको नेपालको बौद्ध बिहारस्थित निर्माणाधीन गेष्टहाउसमा देश विदेशमा रहेका सबै नेपालीको अपनत्व होस् भन्ने उद्धेश्यले एउटा कोठा निर्माण गर्न कोलोराडो नेःवा खलसमक्ष प्रस्ताव आएकोले ईच्छुक सबैलाई यस अभियानमा सहभागी हुन अनुरोध गरे ।