मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

भ्रष्टाचारमा कांग्रेसको शून्यसहनशीलता नीति : कांग्रेस प्रवक्ता डा महत

भ्रष्टाचारमा कांग्रेसको शून्यसहनशीलता नीति : कांग्रेस प्रवक्ता डा महत

हिमालय खबर

शेयर गर्नुहोस:

162
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा पार्टीको शून्य सहनशीलताको नीति रहेको बताएका छन् ।

यही साउन २ गते सुरु भई बुधबारसम्म केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयबारे जानकारी दिन कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस सधैँ सुशासनका पक्षमा रहेको उल्लेख गरे । कांग्रेसले सुशासनमा सधैँ अगुवाइ गरेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले कुनै पनि दोषीलाई संरक्षण नगर्ने बताए । कुनै पनि व्यक्तिलाई आरोप प्रमाणित नभएसम्म दोषी भन्न नमिल्ने उनको भनाइ थियो ।

कांग्रेसले तीनै तहको निर्वाचनमा बागी बनेर विजयी भएका पार्टीका नेता कार्यकर्ताको कारबाही फुकुवा गरेको उनले जानकारी दिए । यसैगरी कांग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौँ गर्ने निर्णय गरेको उनले जानकारी गराए ।

बैठकमा भएको खुला छलफलले पार्टी थप सुदृढ भएर अघि बढ्ने विश्वास व्यक्त गर्दै प्रवक्ता डा महतले कांग्रेसबारे जनतामा थप आकर्षण बढ्ने बताए । बैठकमा प्रस्तुत साङ्गठिनक प्रस्तावलाई प्राप्त सुझावलाई समेटेर परिमार्जनसहित पारित गरिएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेसका सांसद डा सुनिल शर्माले सुन तस्करी प्रकरणका सम्बन्धमा जिम्मेवारी लिँदै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको सम्बन्धमा प्रवक्ता डा महतले सांसद शर्माले आफ्नो अस्पताललाई स्वास्थ्य बिमा सुविधा पाउनका लागि आफूसँग पहल गरेको तर नपाएको झोँकमा जथाभावी बोलेको बताए ।

साथै उनले आफू सो प्रकरणमा छानबिनका लागि सघाउन लागिपरेको उल्लेख गर्दै आफू सदैव भ्रष्टाचार र अनियमितताका सम्बन्धमा शून्य सहनशीलताका पक्षमा रहेको बताए ।