चितवन । नेपााली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले नागरिकताको विषयमा विवाद गर्नुपर्ने कुरा नरहेको बताएका छन् । रत्ननगर नगरपालिका न्यायिक समितिद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा प्रमुखअतिथि गुरूङले नागरिकता विधेयकमा रहेका तीन कुरा अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएकै हुबहु रहेको र त्यसमा गैरआवासीय नेपालीले पनि पाउने सन्दर्भ थपेर राष्ट्रपतिबाट जारी गरिएको स्पष्ट पारे…