काठमाडौँ । नेकपा (एमाले)बाट मन्त्री बन्नेको नाम टुङ्ग्याएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुङ्ग्याएको हो ।
जसअनुसार विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
राष्ट्रिय सभा सांसद् देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षामन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । त्यस्तै, मानवीर राई रक्षा मन्त्री बन्दै छन् भने उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरुले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया