मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एमाले अध्यक्ष ओलीले लिए प्रधानमन्त्रीको शपथ

एमाले अध्यक्ष ओलीले लिए प्रधानमन्त्रीको शपथ

हिमालय खबर

शेयर गर्नुहोस:

324
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

ओलीलाई आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए ।

योसँगै ओली चौथोपटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलोपटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रोपटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै, उनी तेस्रोपटक २०७८ वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यसअघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबी पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।