मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नारायणी नदी किनारमा अहिलेसम्म १२ जनाको शव भेटियो, पाँच जनाको सनाखत हुन बाँकी

नारायणी नदी किनारमा अहिलेसम्म १२ जनाको शव भेटियो, पाँच जनाको सनाखत हुन बाँकी


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

चितवन । चितवनको नारायणी नदीकिनारमा अहिलेसम्म १२ जनाको शव भेटिएको छ । अहिलेसम्म सात जनाको सनाखत भएको र पाँच जनाको सनाखत हुन बाँकी रहेको छ ।

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म १२ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । यी शवहरु पहिरोमा परेर त्रिशुलीमा बेपत्ता भएका बसकै रहेको अनुमान प्रहरीले गरेको छ ।

Advertisement

सनाखत हुनेमा सर्लाहीको बरहथवा ३ बस्ने १९ वर्षीय रमितकुमार माझी, चितवनको माडी १ बस्ने २२ वर्षीय विकाश परियार, भारत सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपाल साह, भारत सीतामणि बेतिया बस्ने ३० वर्षीय जयप्रकाश ठाकुर र भारत बिहार बेतिया बस्ने ३० वर्षीय सजाद अन्सारी रहेका छन् ।

यस्तै, चितवन भरतपुर २२ बस्ने २३ वर्षीय सुदीप विक र रौतहट जमुनामाई ४ बस्ने १७ वर्षीय राहुम मियाको शवको सनाखत भएको छ । यसैगरी चार पुरुष र एक महिलाको शव फेला परे पनि सनाखत हुन सकेको छैन ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।

गौरतर्फ गइरहेको बसमा २७ जना र र वीरगंजबाट काठमाडौँतर्फ गइरहेको बसमा ३८ जना बेपत्ता भएका थिए । जसमा तीन जना सकुसल बचेका थिए भने ६२ जना बेपत्ता रहेका छन् । अहिलेसम्म पनि बस भेटिएको छैन र त्रिशूली नदीमा जीकार्य जारी रहेको छ ।

शेयर गर्नुहोस:

162
Shares