मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेसबाट को को बन्दै छन् मन्त्री ?

कांग्रेसबाट को को बन्दै छन् मन्त्री ?

हिमालय खबर

शेयर गर्नुहोस:

459
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुङ्गो लागेको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाँदै छ । सिंहलाई उपप्रधानसहित सहरी विकास मन्त्रालय दिइने भएको छ ।

त्यस्तै, रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ । त्यसैगरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दीपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन् । त्यस्तै ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको छ ।

सभापति देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ ।

जसमा तेजुलाल चौधरीको पनि नाम टुङ्गो लागेको छ भने अन्य दुई मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीको दाबेदारी रहेको छ ।

यी चारमध्ये दुईको नाम टुङ्गो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरूङ र महामन्त्री थापासँग छलफल गरिरहेको बताइएको छ ।