कुर्सीमा बसेर नेतृत्व गर्ने पुरानो शैलीबाट बाहिर निस्किनुपर्छ : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले विपद् प्रतिकार्यमा परम्परागतरूपमा मन्त्रालयमा बसेर कागजात हेर्ने शैलीभन्दा डिजिटल माध्यमबाट कमान्ड तथा समन्वयलाई प्राथमिकता दिइएको बताएका छन् । गृहमन्त्री गुरूङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको सहभागितामा विपद् प्रतिकार्य कमान्ड सेन्टरबाट काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार अनलाइन माध्यमबाट प्रत्येक चार घन्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक हुँदै आएको छ…