काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा भइरहेका प्राकृतिक विपद् र त्यसबाट भइरहेको जनधनको क्षतिबारे गम्भीर समीक्षा तथा बहस हुनुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले तत्काल उद्धार कार्यलाई प्राथमिकता दिनुपर्ने र उद्धारको चरण सकिएपछि विपद्का क्रममा भएका कमजोरीबारे निष्पक्ष तथा वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने बताएका…