काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष केन्द्रीय महाधिवेशन आह्वान गरेका छन् । उनीहरुले बुधबार संयुक्त विज्ञप्तिमार्फत कांग्रेसको विधानअनुसारको व्यवस्था उल्लेख गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले दर्ता गराई यही पुस २७ र २८ गते तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिकरुपमा अपरिहार्य र बाध्यकारी बनेको उल्लेख गरेका छन् । यस परिस्थितिमा…