मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

वाक फर पिसका भिक्षुहरु नेपाली बौद्ध स्तुपा निर्माण अभियानमा

वाक फर पिसका भिक्षुहरु नेपाली बौद्ध स्तुपा निर्माण अभियानमा


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । भर्खरै मात्र अमेरिकामा एकसय आठ दिनको शान्ति पदयात्रा समापन गरेका बौद्ध भिक्षुहरुले शनिबार विशेष समारोहबीच टेक्ससको युलेसमा निर्माण हुन लागेको बौद्ध विहारको भूमिशोधन पूजा आराधना गरेका छन् ।

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रअन्तर्गत युलेसको रोयल पार्कवेमा निर्माण हुन लागेको बौद्ध स्तुप र विहारको भिक्षुहरुले मन्त्रोच्चारणसहित भूमिशोधन गरेका हुन् । भिक्षुहरुलाई केन्द्रले विशेष स्वागत गरेको थियो ।

Advertisement

कार्यक्रममा केन्द्रकी अध्यक्ष सीता सापकोटा बस्नेत, नेप्लिज बुद्धिष्ट एसोसिएसनका अध्यक्ष मकर बज्राचार्य, टेक्सस हाउसका प्रतिनिधि सलमान भोजनी, युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेल लगायतले शुभकामना ज्ञापन गरेका थिए । सो अवसरमा भिक्षुहरुले शान्तिको लागि गरिएको पदयात्रा र त्यसको अनुभव शेयर गरेका थिए ।

केन्द्रका पदाधिकारीहरुले भिक्षुहरुलाई मन्दिर तथा विहारको भ्रमण गराउनुका साथै गतिविधिहरु, भविष्यको योजनाका बारेमा समेत जानकारी गराएका थिए ।

उक्त अवसरमा भिक्षुहरुले स्तुप र विहार निर्माणका लागि आफ्नो तर्फबाट सहयोगको घोषणा गरेका थिए । भिक्षुहरुले स्तुपा तथा विहारका लागि १० हजार डलर सहयोग दिने घोषणा गरेका छन् ।

शेयर गर्नुहोस:

189
Shares