मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

होलीले रङ्गियो टेक्सस

होलीले रङ्गियो टेक्सस


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । नेपालमा फागुपूर्णिमा आउन अझै दुई दिन बाँकी भए पनि अमेरिकामा भने यसवर्षको फागु शनिबार र आइतबार बिभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ ।

अधिकांश पर्वहरु सप्ताहन्त (शनिबार र आइतबार) पारेर मनाउने चलनअनुसार यसपटक विभिन्न संस्थाहरुको आयोजनामा फागुपूर्णिमा (होली) मनाइएको हो । शनिबार मधेसी एकता समाजको आयोजनामा टेक्ससको युलेसमामा होली मनाइएको थियो ।

Advertisement

त्यस्तै, आइतबार बिहान युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारमा पुष्पहोली ९फूलको होली० मनाइयो । आइतबार दिउँसो श्रीकृष्ण प्रणामी समाजको आयोजनामा आर्लिङ्गटन स्थित रिभर लिगेसी पार्कमा र नेपाली समाज टेक्ससको आयोजनामा ग्रेपभाइन लेकमा होली मनाइयो ।

त्यस्तै, ग्रेटर अस्टिन सोसाइटीको आयोजनामा टेक्ससको राजधानी सहर अस्टिनमा पनि आइतबारनै होली मनाइएको छ ।

सबै कार्यक्रमहरुमा ठूलो संख्यामा सहभागिता थियो । हरेक वर्ष होलीको रौनकता र सहभागिता उल्लेख्य रुपमा बढ्दो क्रममा छ । बालबालिका, युवादेखि लिएर वयष्क, प्रौढहरुले समेत होलीलाई उत्तिकै रौनकताका साथ मनाउने गरेका छन् ।

होलीकै लागि भनेर केही हप्तादेखि टिसर्टको व्यापार बढ्दो छ भने रङ्गको माग र कारोबार पनि उल्लेख्य रुपमा बढिरहेको छ । समुदायका अगुवाहरु सबै होली कार्यक्रममा सहभागी भएर शुभकामना आदान प्रदान गर्दै आएका छन् ।

होलीका साथमा स्थानीय नेपाली समुदायका गायकद्वय भीम चापागाई, छविराज सुनार लगायतले सांगितीक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी सबैलाई नेपाली समाज टेक्सस, प्रणामी समाजले धन्यवाद र कृतज्ञता ज्ञापन गरेका छन् ।

ग्रेपभाइन लेकको होली कार्यक्रममा अमेरिकाको आसन्न निर्वाचनको सिलसिलामा मतदाता सूचिमा नाम दर्ता गर्नका लागि पावर वाइ पिपुलका स्वयमसेवकहरूले अलग्गै बुथ राखेर सञ्चालन गरेका थिए ।

शेयर गर्नुहोस:

162
Shares