काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले विकासका कार्य प्रभावकारी र सफल बनाउन अनुसन्धानको पाटोलाई सँगै लैजानुपर्ने बताएका छन् । नेपाल ‘फेमिली कोर्ट स्टडी’ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले अध्ययन अनुसन्धान नगरी हचुवाका भरमा विकास निर्माण तथा योजना तर्जुमा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । उनले कुन ठाउँमा के विकास…