सङ्घीयता खर्चिलो छ, छरितो बनाउनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

पाल्पा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्घीयता राज्यको क्षमताभन्दा बढी खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताए । मन्त्री पौडेलले भने, ‘वास्तवमा सङ्घीयता जनतालाई अधिकार दिलाउने सन्दर्भमा यो परिस्कृतस्वरूप हो,…