मुख्य समाचार

नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा छु : प्रचण्ड

नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा छु : प्रचण्ड


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कम्यनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा रहेको बताएका छन् ।

बुधबार नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले नेतृत्वको नयाँ स्वरूप खोजे पनि लडाइँ भने अन्तिमसम्म जारी राख्ने बताएका छन् ।

Advertisement

‘आफैँ त म लिडरसिपको नयाँ रूप र नयाँ भूमिकाको खोजीमा छु, म पनि । मलाई साथ चाहिएको छ,’ प्रचण्डले भने, ‘तर, म अन्तिम समयसम्म लडाइँचाहिँ छोड्दिनँ फेरि फेला पार्‍याजस्तो लागेको छ, म खुसी छु ।’

अहिले पार्टीलाई पुनर्गठित गर्ने र पुनर्संरचनामा लैजाने नयाँ अवसर प्राप्त भएको पनि उनले टिप्पणी गरे ।

‘पार्टीलाई नयाँ नयाँ बनाउने बेला हो यो । मैले त साथीहरूसँग भनेको छु–सच्चिन चाहनेहरू हामीसँग बस्ने, नचाहनेहरू गए हुन्छ भन्या छु मैले,’ उनले भने ।