राजनीति-समाज

रवि लामिछानेविरूद्धकाे रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

रवि लामिछानेविरूद्धकाे रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार


शेयर गर्नुहोस:

594
Shares

  • change font
  • change font

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको रिट रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

Advertisement

सम्पत्ति शुद्धीकरणको आरोप खेपिरहेका रास्वपा सभापति लामिछानेलाई सांसदको हैसियतले कामकारबाही गर्न रोक लगाउनुपर्ने माग राखी बडालले मंगलबार सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए ।