मुख्य समाचार

गृहमन्त्रीको विषयलाई लिएर ‘क्याबिनेट’ मा उठ्यो सवाल

गृहमन्त्रीको विषयलाई लिएर ‘क्याबिनेट’ मा उठ्यो सवाल


शेयर गर्नुहोस:

1.9k
Shares

  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकमा गृहमन्त्री सुधन गुरूङको विषयलाई लिएर सवाल उठेको छ।

बैठकमा गृहमन्त्रीका सम्बन्धमा के हुने भन्ने विषयमा प्रश्न उठेपछि प्रधानमन्त्रीले सो विषयमा गृहमन्त्री आफूले नै स्वविवेकले निर्णय गर्ने बताए।

Advertisement

मन्त्रिपरिषद्ले यस सम्बन्धमा कुनै पनि औपचारिक निर्णय गर्नुभन्दा अगाडि गृहमन्त्री स्वयमले मन्त्रालयमा आएर ब्रिफिङ गर्ने र त्यसपछि मात्र आवश्यक निर्णय लिइने बताइएको छ । अब यस विषयमा गृहमन्त्रीले मन्त्रालयमा छलफल गरी उपयुक्त निर्णय लिने एक मन्त्रीले बताए ।

विवादास्पद छवि बनाए व्यवसायी दीपक भट्टसँग गृहमन्त्री गुरूङको नाम जोडेर सेयर लगानीसम्बन्धी विवादको विषय सार्वजनिक भएको थियो ।

गृहमन्त्री गुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण समेत दिइसकेका छन् ।