संयम, संवाद र एकताका साथ समाधान पहिल्याऔँ : कांग्रेस महामन्त्रीद्वय

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले वर्तमान विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिन राष्ट्रपतिले लिएको पहलकदमीको स्वागत गरेका छन् । उनीहरुले संयुक्त वक्तव्यमार्फत सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट समाधान खोज्न आग्रह गरेका हुन् । नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूले शान्तिसुरक्षा कायम गर्न आआफ्नो स्थानबाट गरिरहेको प्रयास र संवादलाई आमनागरिक,…