काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद र विवादस्पद भएको भन्दै तत्काल राजीनामा मागेका छन् । जेनजी आन्दोलनमा युवाहरुको बलिदानीको जगमा बनेको सरकारले अहिलेसम्म युवाहरुलाई छाती र टाउकोमा ताकी–ताकी गोली हान्ने हत्याराहरु, भ्रष्टाचारी र षड्यन्त्रकारीलाई पक्राउ गर्न नसकेको भन्दै साहले गृहमन्त्री अर्यालको राजीनामा मागेका हुन् ।…