काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले कर्मचारीतन्त्रमाथि व्यापक प्रहार गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारले कर्मचारीमाथि अस्वाभाविक दबाब सिर्जना गर्ने र आतंकित पार्ने कार्य गरिरहेको आरोप पनि लगाए । उनले सरकारले कर्मचारीमाथि अस्वाभाविक नियन्त्रण राख्न खोजेको विषयमा आपत्ति समेत…