काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट/थारुवान अभियन्ताबीच समायोजन भएको छ । रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उनीहरूबीच नौ बुँदे सहमतिसहित राजनीतिक समायोजन भएको हो । सहमतिपत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्ति पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट÷थारुवान अभियानका तर्फबाट लक्ष्मण थारु तथा प्रतिनिधिका रूपमा सुरेन्द्र चौधरीले हस्ताक्षर गरे ।…