१० मंसिर, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको चुनावमा सर्वसाधारण मात्रै हाेइन, राजनीतिक दलका शीर्ष नेताहरु समेत मतदाता छन् । केहीले आफूसहित अरुलाई मतदान गर्नेछन् भने केहीले आफूलाई मत दिने छैनन् । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम…