मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ को दुवै पदमा एमाले विजयी

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ को दुवै पदमा एमाले विजयी


विराटनगर । प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि बुधबार भएको निर्वाचनमा दुवैमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । 
 
विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आज अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले छ हजार २७० मत प्राप्त गरी विजयी भए । उनका निकटम प्रतिद्वन्द्वीे नेपाली काँग्रेसका विनयकुमार विश्वकर्माले दुई हजार २३२ मत प्राप्त गरेका थिए । 
 
अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी भए ।  बान्तवाले छ हजार १३८ मत प्राप्त गरी विजयी भए । नेपाली काँग्रेसका महेश जाजुले दुई हजार ८९८ मत मात्रै प्राप्त गरेको प्रदेश नं १ का सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए । 
 
यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । कूल आठ स्थानमा एमालेका पाँच, काँग्रेसका दुई र नेकपा ९माओवादी केन्द्र० को एकजना निर्वाचित भएका छन् । 
 
यसअघि निर्विरोध निर्वाचित हुनुहुनेमा खुला समूहबाट एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र काँग्रेसबाट रमेशजंग रायमाझी छन् । त्यस्तै, महिला समूहबाट एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल र काँग्रेसका सरिता प्रसाईं छन् ।