मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नुपर्छ : महामन्त्री कोइराला

संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नुपर्छ : महामन्त्री कोइराला


नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने बताएका छन् । 
 
मंगलबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै कोइरालाले पार्टीको नेतृत्व गर्न देउवा असफल भैसकेकाले संसदीय दलमा विकल्प खोजिने बताएका हुन् ।
उनले सर्वसम्मत भएमा आफू पनि संसदीय दलको नेता हुन तयार रहेको बताए । 
 
कोइरालाले भने, “सभापति देउवा र प्रकाशमान सिंहको कुरा चलेको छ, सर्वसम्मत भए म पनि संसदीय दलको नेता बन्न तयार छु, होइन भने पार्टी सभापतिको विकल्प खोजिन्छ ।”
 
महामन्त्री कोइरालाले महासमिति र केन्द्रीय समितिको बैठक आह्वान गरेर पार्टी सुदृढीकरणको अभियानमा लाग्ने बताए । 
 
एमाले–माओवादीबीचको एकताले नेपाली काँग्रेसलाई चुनौती थपिएको भन्दै कोइरालाले भने, “दुई कम्युनिष्टको एकीकरणले प्रतिस्पर्धामा कठिन हुन्छ, काँग्रेस सुदृढीकरण बनाउनुपर्छ, काँग्रेस विपक्षमा बस्दा संगठित हुने सम्भावना बढ्छ ।”
 
वाम एकताले काँग्रेसलाई ठीक बनाउन सन्देश दिएको बताउँदै उनले भने, “काँग्रेस पनि विचार मिल्ने दल र नेताहरुसँग एकीकरण गर्दै जानुपर्छ ।”