काठमाडौँ । बालबालिका, किशोरी र महिला हिंसाविरुद्ध कडा कानून बनाएर पीडितलाई समय मै न्याय दिन माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण गराइएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेत्री अष्टलक्ष्मी शाक्यको नेतृत्वमा एक प्रतिनिधिमण्डलले मन्त्री थापाको कार्यकक्षमा आज ध्यानाकर्षणपत्र बुझाएको हो । उक्त पत्रमा अपराधीले अपराधअनुसारको सजाय पाउनुपर्ने, छोरी आमाको गर्भमा, घरभित्र वा बाहिर कही…