काभ्रे । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आपराधिक गतिविधि रोक्न सरकार कठोर तरिकाले लाग्ने दाबी गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–३ स्थित सर्वमङ्गला बहुमुखी क्याम्पसको वार्षिकोत्सवका अवसरमा उनले स्वतन्त्रताका नाममा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सरकारले हरसम्भव उपाय अबलम्बन गर्दै निर्मम बन्ने बताए । उनले भने, “स्वतन्त्रताका नाममा…