गैरआवासीय र विदेशीलाई राष्ट्रिय परिचयपत्र नदिन सुझाव

काठमाडौँ । राष्ट्रिय परिचयपत्र गैरआवासीय नेपाली र विदेशीलाई वितरण गर्न नहुनेमा सुझाव दिइएको छ ।    संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार आयोजना गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी सांसदले उक्त परिचयपत्र नेपाली नागरिक तथा नागरिकता प्राप्त गर्न योग्य नेपालीलाई मात्र वितरणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । …