रत्ननगर । रत्ननगर १० स्थित एकता शिशु निकेतनका स्काउट ट्रुपका ८० जना छात्रछात्राहरु दीक्षित भएका छन् । स्काउटर कमल शर्माले एक समारोहबीच उनीहरुलाई दीक्षित गरेका हुन् ।
विद्यालयका प्राचार्य बालहरि देवकोटाको सभापतित्व सभापतित्वमा भएको कार्यक्रममा उनले विद्यालय, समाज र राष्ट्रमा स्काउटको सिद्धान्त अनुकरणीय भएको बताउँदै स्काउटका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्काउटका शिक्षा विकास समन्वय इकाइ प्रमुख रामकृष्ण सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला स्काउटले अनुशासित, मर्यादित भई अग्रणीरुपमा काम गर्दै आएको प्रकाश पार्दै दीक्षित छात्रछात्रालाई सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा जिल्ला आयुक्त तीर्थराज न्यौपानेले स्काउटको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिबारे चर्चा गरेका थिए ।
कार्यक्रममा वडा नं १० का वडाध्यक्ष केशव आचार्य, अभिभावक संघका अध्यक्ष नारायणप्रसाद आचार्य, स्काउटर लक्ष्मीप्रसाद लम्साल, दिवेश पाण्डे, बुद्धिबहादुर गुरुङ, राजु केसी, सदस्य सचिव रामप्रसाद पोखरलेलगायतले स्काउटका विद्यार्थीको प्रगतिको कामना गरे ।






प्रतिक्रिया