मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महिलाको मृत्यु भएपछि सेती अञ्चल अस्पताल तनावग्रस्त

महिलाको मृत्यु भएपछि सेती अञ्चल अस्पताल तनावग्रस्त


धनगढी । धनगढीस्थित सेती अञ्चल अस्पतालमा प्रसूति गराउने चिकित्सकको लापरवाहीका कारण एक महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले गरेको प्रदर्शनपछि आज अस्पताल परिसर तनावपूर्ण रह्यो । 
 
प्रदर्शन र घेराउसँगै अस्पतालको सेवा पनि प्रभावित बनेको छ । अस्पतालमा प्रसूति सेवा लिएकी धनगढी उपमहानगरपालिका जुगेडा गाउँकी २३ वर्षीया रेखा थापाको मृत्यु भएपछि मृतकका आफन्तले आज अस्पताल घेराउ गर्दै प्रदर्शन गरेका हुन् । 
 
स्थिति बिग्रन नदिन अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले चिकित्सकमाथि कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै शव उठाउन मानेका छैनन् । 
 
अस्पतालमा यही चैत ४ गते शल्यक्रियाद्वारा प्रसूति गराइएकी रेखा थापाको बिहीबार मात्र अस्पतालले अन्यत्र सिफारिस गरेकामा कोहलपुर लैजाने क्रममा महिलाको बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक महिलाका नवजात शिशुको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 
 
सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, अस्पताल प्रशासन, धनगढी उपमहानगरपालिकाका प्रमुख र मृतकका आफन्तबीच वार्ताद्वारा समस्या समाधानको प्रयास भइरहेको छ ।