परासी । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मेला महोत्सवको नाममा अश्लिल र छाडा संस्कृतिलाई प्रोत्साहन नगर्न आग्रह गरेका छन् । महोत्सवमा छाडापन बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाटमा आजदेखि शुरु भएको तेस्रो बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले स्वस्थ मनोरञ्जनलाई प्राथमिकता…