मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलात्कारको आरोपमा सैनिक जवान पक्राउ

बलात्कारको आरोपमा सैनिक जवान पक्राउ


जबर्जस्ती करणी गरेको आरोपमा डोटीमा एक नेपाली सेनाका जवान पक्राउ परेका छन् ।
 
जिल्लाको सायल गाउँपालिकामा एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँमा स्थायी बसोबास गर्ने नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
उक्त कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले आफ्नै नाताकी महिलालाई निज विष्टले जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको बताए । 
 
विष्ट नेपाली सेनाको कुमारी दल गुल्म सुपारीटार ब्यारेक हेटौँडामा जवान पदमा कार्यरत छन् । प्रहरी निरीक्षक सुरेन्द्र बमका अनुसार यही असार ८ गते राति सो घटना भएको थियो । पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धान थालिएको छ ।